National life

सातामा नेप्से परिसूचक: ४ प्रतिशतले घट्यो, १३ वटै उपसमूहको परिसूचक राताम्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८१, शनिबार
761Shares
सातामा नेप्से परिसूचक: ४ प्रतिशतले घट्यो, १३ वटै उपसमूहको परिसूचक राताम्य
ncell

काठमाडौँ । गत साता २६८८.५३ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१६ प्रतिशत अर्थात् १११.७७ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस साता नेप्से परिसूचक ४ प्रतिशत बढीले घटेको हो ।

यस साता ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमा तीनै कारोबार दिन नेप्से घटेर बन्द भएको छ । यस साता सेन्सेटिभ इन्डेक्स ३.४७ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स ४.०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.५१ प्रतिशत घटेको छ।

गत साता दैनिक औषतमा ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम ६.८८ प्रतिशत घटेको हो।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि ४ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ७४ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ७७ अर्ब घटेर ४० खर्ब ९७ अर्बमा झरेको छ। त्यस्तै, यस साता दैनिक औषत कारोबार सङ्ख्या ३.९४ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर सङ्ख्या ४.२७ प्रतिशत घटेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक ११.४५ प्रतिशत घटेको छ। गत साता ३४१६.१६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३९१.२६ अंक घटेर ३०२४.९० विन्दुमा झरेको छ।

कारोबारमा आएको रावा इनर्जीको शेयरमूल्य यस साता सर्वाधिक २४.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब साढे १८ प्रतिशत बढेको छ भने रिभरफल्स पावरको शेयरमूल्य ११ प्रतिशत बढेको छ ।  अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६४५.८२ अंक घटेको छ। गत साता १३ हजार १६९.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२ हजार ५२४.१७ विन्दुमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
761SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?