National life

सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
644Shares
सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्रीवापत आम्दानी बढ्दा र वित्तीय खर्चमा केही व्यवस्थापन गर्दा नाफामा सुधार देखिएको हो । विद्युत् बिक्रीबाट कम्पनीले ३ महिनामा ३२ करोड ९८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा यस्तो आम्दानी ३२ करोड १७ लाख रुपैयाँ थियो ।

कम्पीको प्रतिसेयर आम्दानी (ईपीएस) समीक्षा अवधिमा ४५ पैसा बढेर ७ रुपैयाँ ९७ पैसा छ । सम्पत्तिमा प्रतिफल (आरओए) ३.७६ प्रतिशत छ भने नेथवर्थ १६४ रुपैयाँ १७ पैसा छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको बजार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?