National life

शिक्षकहरु आन्दोलित ,आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
734Shares
शिक्षकहरु आन्दोलित ,आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुँदै
ncell

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आजबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन् । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनलाई अवज्ञा गर्दै निर्णायक आन्दोलन भन्दै उनीहरुले सो निर्णय गरेका हुन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरका प्रधानाध्यापकहरुले शिक्षक महासंघले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै त्यसमा सहभागी हुने जनाएका छन् । आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपठन गरिने प्रतिवद्धता व्यक्त गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार नै काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरी आन्दोलमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको थियो ।

यता शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

 

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?