National life

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
1.3kShares
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
ncell

काठमाडौं । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।

पालिकाभरीका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।

उक्त गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?