National life

शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
812Shares
शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा
ncell

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने जनाएका छन् । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।

त्यस्तै,शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ ।साथै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
812SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?