National life
cg eloctronics

मुक्तिनाथ विकास बैंकद्धारा शिक्षालाई प्रोत्साहन, हजारभन्दा बढी विद्यार्थीहरु लाभान्वित

यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
1.8kShares
मुक्तिनाथ विकास बैंकद्धारा शिक्षालाई प्रोत्साहन, हजारभन्दा बढी विद्यार्थीहरु लाभान्वित
muktinatha bikash bank

काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवद्र्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई पोसाक, स्कूल झोलाहरु, स्टेशनरी सामाग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामाग्री/उपकरण तथा खेलकुद सामाग्री हस्तानतरण गरेको छ ।

सरकारी विद्यालयहरुलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीहरुलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासकमा १२८ जनालाई स्टेशनरी सामाग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामाग्री, डडेलध्राको खिन्नेभाडीमा १५० विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री, रुपन्देहीको बुटवलमा २१ वटा स्कूल ब्याग,उदयपूरको बागचौरीमा ५० जनालाई स्कूल ब्याग, झापाको कचनकवलमा २०० लाई स्कूल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कूल ब्याग, सर्लाहीको राजघाटमा २०० विद्यार्थीहरुलाई स्कूल ब्याग र कञ्चनपूरको तिलकपुरमा ११० बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामाग्री प्रत्यक्ष रुपमा वितरण गरेको छ ।

यसै क्रममा बैंकले सामाजिक संस्था “अस्तित्व नेपाल”सँगको सहकार्यमा आगोबाट प्रभावित (द्यगचल क्गचखष्खयच) तथा कमजोर आर्थिक अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै बैंकले वीरेन्द«नगर —८ , सुर्खेत स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा १ थान डिजिटल स्मार्ट बोर्ड, देवदह–१०, चरङ्गे, रुपन्देहीमा ४ थान सिलिङ पंखा र बर्दिवास–३ महोत्तरी स्थित राष्ट्रिय आधरभूत विद्यालय एवमं बुटवल–७, रुपन्देही स्थित सिद्धेश्वरलाल कुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामाग्रीहरु हस्तानतरण गरेको छ ।

यस सहयोगले आर्थिक रूपमा कमजोर तथा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन महत्वपूर्ण योगदान पु¥याउने बैंकले विश्वास लिएको छ।

विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज र उत्साहजनक बनाउन गरिएको उक्त सहयोगले स्थानीय विद्यालय तथा अभिभावकहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?