National life

काठमाडौँ भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
721Shares
काठमाडौँ भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगरपालिका आफैले सञ्चालन गर्ने भएको हो ।

सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिने मेयर बालेन्द्र शाहले बताए ।

उनले भने, ‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गर्नेछ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?