National life

एकै वर्षमा एक हजार बढी नेपालीले गुमाए विदेशमा ज्यान, आत्महत्यामा मात्रै १९२ जना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० भदौ २०८१, सोमबार
1.3kShares
एकै वर्षमा एक हजार बढी नेपालीले गुमाए विदेशमा ज्यान, आत्महत्यामा मात्रै १९२ जना
ncell

काठमाडौँ। एक वर्षको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा परेर १०३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ ।

त्यस्तै त्यस्तै ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।

साथै, ७ जनाको हत्या भएको छ । ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?