National life

‘केयरगिभर’का रूपमा दुई हजार नेपाली श्रमिक लैजान इजरायल सहमत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
861Shares
‘केयरगिभर’का रूपमा दुई हजार नेपाली श्रमिक लैजान इजरायल सहमत
ncell

काठमाडौँ । इजरायलले दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रूपमा रोजगारी दिन सहमति जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका निम्ति इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलमा नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो जनाएको छ ।

हाल छनोटका चरणमा रहेका ५०० मुख्य र ३०० वैकल्पिक उम्मेदवार गरी यसअघि कुल ८०० नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो । उक्त सङ्ख्या बढाएर एक हजार मुख्य र एक हजार वैकल्पिक उम्मेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका साथै ‘जीटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत भेटमा छलफल गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?