काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह, तथा श्रेणीका पदहरुका लागि कर्मचारी माग गरेको छ ।
परिषद्ले लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम खुला, समावेशी र आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति गर्ने जनाएको छ ।
योग्यता पुगेका उम्मेद्वारले आज असार २८ गतेदेखि २१ दिनभित्र आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुरमा भने थप ७ सात दिनभित्र आवेदन दिन सक्ने छन् ।
उम्मेद्वार नेपाल सरकारको सेवा वा सरकारी स्वामित्व भएको संस्था वा अन्तर्राष्टिय संस्थाहरुमा काम गरिरहेको भए सो निकायबाट विभागीय स्वीकृति अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
दरखास्त फाराम दस्तुर भुक्तानीका लागि Connect IPS,र Khalti App मार्फत् परिषद्को राष्ट्रिय बाणिज्य बैंक, सानोठिमी, भक्तपुरको CTEVT SANOTHIMI को नाममा रहेको खाता नम्बर १७३०१०००००००९००६ मा जम्मा गर्नुपर्ने जनाएको छ।


































