National life

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
716Shares
वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन
ncell

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन विभाग अगाडि प्रदर्शन गरेको छ । संघले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा प्रदर्शन गरेकाे हाे ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण कामदारहरु फर्काइरहेको भन्दै आइतबार संघले विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण विरोध गर्नु परेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उनले भने ‘हामीले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छौँ, यदी अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजागारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म महानिर्देशकले यसको नैतिक रुपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौँ । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?