काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।प्राधिकरणको नयाँ कार्यकारी निर्देशक बनाइएका हितेन्द्रदेव शाक्य नाताले प्रधानमन्त्री केपी शर्मा ओलीको सालो पर्छन् ।
चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो।
https://aarthikvoice.com/archives/46975
डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका थिए। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबिच जुहारी चल्दै गएपछि मन्त्री खड्काले यस अगाडि नै घिसिङलाइ हटाउने प्रयासमा लागिपरेका थिए ।


































