National life

कार्यकारी निर्देशकबाट सरुवा गरेको भन्दै शाक्यले गरे कुलमानको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ कात्तिक २०८२, मङ्गलबार
1.4kShares
कार्यकारी निर्देशकबाट सरुवा गरेको भन्दै शाक्यले गरे कुलमानको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
ncell

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध शाक्यले रिट दायर गरेका हुन् ।

शाक्यलाई केपी ओली नेतृत्वको सरकारले ४ वर्षको लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनबाट ओलीको बहिर्गमन भएपछि शाक्य समेत कार्यकारी निर्देशक पदबाट हटाइएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनलाई ऊर्जा मन्त्री कुलमान घिसिङले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेका थिए ।

शाक्यले सुनुवाइको सामान्य मौका समेत नदिई जिम्मेवारीबाट हटाई अन्यत्र जिम्मेवारी दिइएको भन्दै उक्त निर्णयविरुद्ध रिट दायर गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?