National life

कास्कीमा १३ मेगावाट क्षमताको अप्पर सेती–१ जलविद्युत आयोजना बन्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
1.1kShares
कास्कीमा १३ मेगावाट क्षमताको अप्पर सेती–१ जलविद्युत आयोजना बन्ने
ncell

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लामा जलविद्युत आयोजना बन्ने भएको छ । जिल्लामा १३ मेगावाट क्षमताको अप्पर सेती–१ जलविद्युत आयोजना बन्ने भएको हाे ।

विद्युत विकास विभागकाअनुसार कास्कीको पोखरा महानगरपालिका तथा माछापुच्छ्रे गाउँपालिकामा अप्पर सेती–१ जलविद्यूत आयोजनाबाट विद्युत उत्पादनको अनुमति पत्रका लागि दरखास्त परेको हो ।

श्रेष्ठ इनर्जी सोलुसन प्रा.लिले यो आयोजनाबाट विद्युत उत्पादनका लागि अनुमति मागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजना नदी प्रबाहमा आधारित प्रकारको बन्नेछ । सेती नदीमा आधारित रहेको आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिगावाट घण्टा विद्यूतीय उर्जा उत्पादन हुनेछ ।

त्यस्तै आयोजनाको बााध माछापुच्छ्रे गाउँपालिकाको सिमानामा रहेको भालाबोट गाउँ नजिकै सेती नदीमा र विद्युत गृह पोखरा महानगरपालिका वडा नम्बर १९ मा रहेको घट्टेखोला सँगैको दोभानभन्दा माथिल्लो पट्टि सेती नदीको बायाँ किनारमा रहने विभागले जनाएको छ ।

यस आयोजनाबाट २०८२ बाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?