National life

कुलमानले भने– देशलाई लोडसेटिङमा राखेर विद्युत निर्यात गरेका छैनौं

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
597Shares
कुलमानले भने– देशलाई लोडसेटिङमा राखेर विद्युत निर्यात गरेका छैनौं
ncell

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई लोडसेटिङमा राखेर विद्युत निर्यात नगरिएको स्प्रष्ट पारेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक घिसिङले सुख्खायामका कारण जलविद्युतको उत्पादन नै घटेका कारण माग र आपूर्तिमा समस्या आएको बताए ।

विगत केही दिनयता प्रणालीमा प्राविधिक गडबडी हुँदा समेत देशको मध्य र पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा केही समस्या भएको र सो समेत अहिले समाधान भइसकेको उनले बताए ।

‘देशभित्र विद्युत कटौती गरी निर्यात गरेको चर्चा हुने गरेकोछ जुन सत्य हैन, देशभित्र उत्पादित विद्युत यहाँ पुग्ने जति खपत गरी बढी भएको मात्र निर्यात गर्ने हो’ घिसिङले भने, ‘खपत र निर्यात सँगसँगै जान्छ, खपत गरी बढी भएको विद्युत् निर्यातमार्फत बिक्री गरेनौँ भने प्राधिकरणलाई करोडौँ रुपैयाँ घाटा हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, अहिले निर्यात गरिएर समस्या आएको होइन, वितरण प्रणालीमा केही गडबडी अवश्य भएको हो । दिनमा ११ पटकसम्म ट्रिपिङ भएको देखिन्छ । फल्ट पत्ता लगाएर अहिले सुधार गरिसकेका छौँ’ घिसिङले भने ।

प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधान्दा वीरगन्ज औद्योगिक करिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगहरूमा साँझको पिक समयमा विद्युत आपूर्तिमा केही समस्या रहेको उल्लेख गर्दै घिसिङले तर विद्युत् कटौती गरेर निर्यात नगरिएको दाबी गरे । उनले प्रसारण तथा वितरण प्रणाली सुधारका लागि अगाडि बढाइएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि जताततैबाट अवरोध हुने गरेको बताए ।

‘प्रसारण तथा वितरण प्रणाली सुधारका लागि देशैभरि काम भइरहेका छन् तर जताततै अवरोध हुँदा काम गर्न सकिएको छैन, भरपर्दो र गुणस्तरीय विद्युत् खोज्ने तर आफ्नो घर छेउमा ट्रान्सफर्मर राख्न नदिने प्रवृत्ति छ। यस्तै अवस्था रह्यो भने अर्को वर्षबाट विद्युत् व्यवस्थापन गर्न सकिँदैन’, उनले थपे, ‘पूर्व पश्चिममा विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्र लाइन छ, १३२ केभीले त्यस क्षेत्रको मागलाई कसरी धान्ने ? इनरुवा–ढल्केबर–हेटौँडा ४०० केभी र हेटौँडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन आयोजना स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतका कारणले सम्पन्न गर्न नसक्दा विद्युत् प्रवाहमा समस्या छ’ उनले भने ।

कालीगण्डकी करिडोर र बर्दघाट–नयाँ बुटवल प्रसारण लाइनमा पर्ने रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय भएको ४/५ वर्ष पूरा हुँदासमेत अहिलेसम्म कटान आदेश पाउन नसकिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।्

‘मन्त्रिपरिषद्बाट निर्णय भएको ५ वर्षसम्म रुख कटानको आदेश पाउन सक्दैनौँ, वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि रकम जम्मा गरिसकेका छौँ तर अहिलेसम्म सम्झौता हुन सकेको छैन, काममा कतैबाट सहयोग नहुने अनि प्राधिकरणले कसरी काम गर्न सक्छ ? त्यसैले वन, भूमिसुधारलगायतका निकायले सहयोग गरिदिनु पर्‍यो’, उनले भने ।

कार्यकारी निर्देशक घिसिङले देशभित्र उत्पादित विद्युत यहीँ खपत गर्न र बचत भएको निर्यातका लागि प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनामा लगानी बढाउन नसक्ने हो भने ठुलो डिजास्टर हुने समेत बताए ।

‘लोडसेडिङ अन्त्य भयो, ऊर्जा क्षेत्रमा लगानी गर्नु पर्दैन भन्ने गरिन्छ,तर खपत बढाउन र विद्युत् निर्यातका लागि आगामी पाँच वर्षमा झन्डै ८ खर्ब रुपैयाँ लगानी आवश्यक पर्छ’ घिसिङले भने ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?