National life

नेपालमा ईभीको बाढी: ८ महिनामा ६,३९८ सवारी आयात, ९ अर्बभन्दा बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ चैत २०८२, सोमबार
1.4kShares
नेपालमा ईभीको बाढी: ८ महिनामा ६,३९८ सवारी आयात, ९ अर्बभन्दा बढी राजस्व संकलन
ncell

काठमाडौं । नेपाली सडकमा विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) को तथ्यांकले नेपालमा ईभीप्रति बढ्दो आकर्षणलाई स्पष्ट रूपमा देखाएको छ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फागुन मसान्तसम्म देशभर कुल ६ हजार ३ सय ९८ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्, जसमा २ वटा अन एसेम्बल (जडान नगरिएका) सवारी पनि समावेश छन्।

ईभी आयातमा भएको यो उल्लेखनीय वृद्धिसँगै राज्यको राजस्व संकलनमा पनि ठुलो योगदान पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागका अनुसार फागुनसम्म १४ अर्ब ९६ करोड १ लाख २७ हजार रुपैयाँ बराबरका ईभी आयात हुँदा सरकारले ९ अर्ब ११ करोड ९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

माघ महिनासम्म ५ हजार ८ सय ९६ वटा ईभी आयात भएकोमा फागुनमा मात्रै थप ५ सय २ वटा सवारी भित्रिएका छन्। क्षमताका आधारमा हेर्दा मध्यम वर्गका ईभी नेपाली उपभोक्ताको पहिलो रोजाइमा परेका छन्। ५० किलोवाटसम्मका २ हजार १९८ वटा, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२ वटा (सबैभन्दा बढी), १०१ देखि २०० किलोवाटसम्मका ५१९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा तथा ५० किलोवाट क्षमताका २ वटा अन-एसेम्बल सवारी आयात भएका छन्।

ठुला सवारीसँगै तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ। फागुनसम्म ६ हजार १५ वटा तीन पाङ्ग्रे ईभी नेपाल भित्रिएका छन्, जसको कुल आयात मूल्य ६५ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ। विशेषगरी तराई क्षेत्रमा ई-रिक्सा र तीन पाङ्ग्रे ईभीको प्रयोग तीव्र रूपमा विस्तार हुँदै गएको देखिन्छ।

वातावरणमैत्री प्रविधि, न्यून सञ्चालन खर्च र सरकारले दिएको भन्सार सहुलियतका कारण सर्वसाधारणदेखि व्यवसायीसम्म ईभीप्रति आकर्षण बढ्दै गएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?