National life
cg eloctronics

भुजुङ हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
1.4kShares
भुजुङ हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
muktinatha bikash bank

काठमाडौं । भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरको १० लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिकाको वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रको लागि ६० प्रतिशत अर्थात् ६ लाख कित्ता र सोही गाँउपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८, १ अप्रत्यक्ष प्रभावित क्षेत्रको लागि ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर स्थानीय सम्पूर्ण वडाबासी बासिन्दाहरुको लागि निष्काशन खुला गरिएको हो ।

everest bank

यस्तै जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ रकमबराबरको रु। १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न लागिएकोृ छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले कुमारी बैंकको बेशीशहर शाखा, सानिमा बैंकको बेशीशहर शाखा, प्रभु बैंकको बेशीशहर शाखा, माछापुच्छ्रे बैंकको बेशीशहर शाखा,क्वहोलासोथार गाउँपालिकाको–४ कार्यालय र भुजुङ हाईड्रो पावरको काठमाण्डौ कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?