National life

सुनको बजारमा हलचल, नयाँ मूल्य कति तोकियो ?

चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
1.7kShares
सुनको बजारमा हलचल, नयाँ मूल्य कति तोकियो ?
ncell

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। पछिल्ला दुई दिनसम्म घट्दो क्रममा रहेको सुनको भाउ आज बढेर पुनः उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार ३ सय रुपैयाँले बढेको छ। यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि भने सुनको भाउ ५ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ३४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १९० रुपैयाँले बढ्दै ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?