काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन आज सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यही सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउमा पनि गिरावट देखिएको छ। चाँदी प्रतितोला ३४० रुपैयाँले घट्दै ५ हजार रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव तथा डलर विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा समेत सुनको मूल्य समायोजन भएको व्यवसायीहरू बताउँछन्।
































