काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा आज फेरि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार २०० रुपैयाँले कम हो।
१० ग्राम सुनको मूल्य आज २ लाख ४३ हजार ४८५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै ४ हजार ३६० रुपैयाँमा झरेको छ।





























