National life

अधिक तरलता कायमै: २२ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, २ बजे बोलकबोल 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
626Shares
अधिक तरलता कायमै: २२ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, २ बजे बोलकबोल 
ncell

काठमाडौँ । बैंक वित्तीय क्षेत्रमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पुन बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलनमार्फत राष्ट्रबैंकले आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन २८ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले पैसा  खिच्ने गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?