National life

आज ८ अर्बको ट्रेजरी बिल नवीकरण हुदै: बैंकहरुबिच प्रतिस्पर्धा, २ बजेसम्म बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
661Shares
आज ८ अर्बको ट्रेजरी बिल नवीकरण हुदै: बैंकहरुबिच प्रतिस्पर्धा, २ बजेसम्म बोलकबोल
ncell

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज पुस २२ गते सोमबार ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत नवीकरण गर्ने भएको छ।

बैंकहरुमा प्रशस्त तरलता बढेको कारण ट्रेजरी बिल खरिदमा समेत मागभन्दा धेरै आवेदन पर्ने गरेको छ। कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिल खरिद गर्न बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो।

अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकहरुमा उच्च प्रतिस्पर्धा देखिएको कारण डिस्काउन्ट रेटमा गिरावट आएको हो । सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार आज उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी चैत २६ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ ।

सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ ।

यसअघि पुस १४ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १२ अर्ब ९६ करोड ७५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९६ प्रतिशत कायम भयो । ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल खरिदका लागि २५ अर्ब ८८ करोड ५० लाख बराबरको बोल परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?