National life

राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने, २ बजेसम्म बोलपत्र पेश गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ माघ २०८२, बुधबार
1.2kShares
राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने, २ बजेसम्म बोलपत्र पेश गर्न सकिने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६३ दिन अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेश गर्न सक्नेछन्। निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस योजनाअनुसार संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ चैत १८ गते गरिनेछ।

राष्ट्र बैंकले निक्षेप संकलन प्रक्रिया पूर्णतः प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले बोलकबोल प्रणाली लागू गरेको जनाएको छ।बोलपत्र पेश गर्दा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी बोलपत्र पेस गर्न सक्नेछन्।

साथै, एउटै संस्थाले फरक–फरक ब्याजदरमा बहुबोलकबोल समेत पेश गर्न पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि पेश गरिएका बोलपत्रहरू बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखिनेछ। त्यसपछि क्रमशः उच्च ब्याजदरतर्फ जाँदै आह्वान गरिएको कुल रकमसम्म निक्षेप बाँडफाँड गरिने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले यस प्रकारको निक्षेप संकलनलाई मौद्रिक व्यवस्थापनको नियमित अभ्यासको रूपमा लिँदै आएको छ। यसले बजारमा अतिरिक्त तरलता नियन्त्रण गर्न, ब्याजदर स्थिरता कायम गर्न तथा समग्र वित्तीय प्रणालीलाई सन्तुलित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?