National life

रोकिएन बैंकिङ्ग प्रणालीमा अधिक तरलता: आज पुनः ३० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
858Shares
रोकिएन बैंकिङ्ग प्रणालीमा अधिक तरलता: आज पुनः ३० अर्ब खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थपिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत रकम खिचिरहेको छ। जस अनुसार केन्द्रीय बैंकले आज माघ २७ गते बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको मार्फत आज उक्त रकम खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?