काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुने योजनामा टेक्नोका जुनसुकै मोडेलका स्मार्टफोन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले सुन तथा चाँदीका चंगा र सिक्का जित्ने अवसर पाउनेछन् ।
अफरमा सहभागी हुन ग्राहकले नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।
विवरण दर्ता गरेपछि ग्राहकले डिजिटल स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त कुपनमा भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन् ।
तत्काल उपहार नपर्ने ग्राहकसमेत योजनाबाट बाहिरिने छैनन् । तत्काल उपहार पाउने र नपाउने सबै सहभागी स्वतः बम्पर लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ । क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रबाट एक जना विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन् ।
टेक्नो नेपाल तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको अवसरमा नेपाली ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउन र उनीहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न योजना ल्याइएको बताए ।
कम्पनीले मजबुत बनावट, नेटवर्क क्षमता, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा आफ्ना स्मार्टफोनमा उपलब्ध १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नोको उपस्थिति विस्तार हुँदै गएको जनाएको छ ।
































