National life

एनसीएचएल र नेप्सबीच प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
650Shares
एनसीएचएल र नेप्सबीच प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न 
ncell

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इलेकट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्न दुवै संस्थाहरूबिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ ।

बिहीबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबिच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो। उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष द्वय रामु पौडेल, विश्वम्भर न्यौपाने र सम्पूर्ण सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता पश्चात् दुवै संस्थाहरूले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो सेयर धनीहरूको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कम्पनी रजिस्ट्रार कार्यालयको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कार्य गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित दुवै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन्। नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरूलाई सेवा दिँदै आएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकीकरण तथा अन्तर आबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरूको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्विच लगायतका थप पूर्वाधारहरू विस्तार गर्न यस साझेदारीले सहयोग हुने अपेक्षा गरिएको छ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीच प्राप्ति उल्लेखिय भूमिका खेल्ने छ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?