काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (SDA) पोर्टफोलियोलाई हालसम्मकै आक्रामक रूपमा विस्तार गरेको छ। बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै, कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यान सेग्मेन्टमा एकैसाथ ७ वटा अत्यधिक शक्तिशाली नयाँ मोडलहरू सार्वजनिक गरेको छ। यी नयाँ लन्चहरूसँगै सीजीले फ्यान बजारमा आफ्नो निर्विवाद नेतृत्वलाई अझ मजबुत बनाएको छ।
बजारमा तहल्का मच्चाउने नयाँ लन्चहरू:
१. सीजी स्ट्यान्ड फ्यान सिरिज (३ नयाँ मोडलहरू):उपभोक्ताको मागलाई ध्यानमा राख्दै सीजीले मजबुत निर्माण, निरन्तर चल्ने भरपर्दो मोटर र वाइड एंगल ओसिलेसन जस्ता साझा विशेषताहरूसहित ३ वटा नयाँ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ:
- CGSF18: १२५० RPM गतिको यो मोडलमा १८” एल्युमिनियम ब्लेड र ३-स्पीड कन्ट्रोल रहेको छ।
- क्षमता र डिजाइन: २१५० RPM को अत्यन्तै उच्च गति, १००% शुद्ध तामाको मोटर, एयरोडाइनामिक ३-लिफ ब्लेड र ३-स्पीड कन्ट्रोल।
- CGCF48HSDE (सेतो र निलो रङ): ४८” को फराकिलो स्विप, ४१० (±१०%) RPM को गति र २२०m³/Min को उत्कृष्ट हावा प्रवाह, कम भोल्टेजमा पनि उत्कृष्ट कार्यक्षमता दिने।
- सुपर-फास्ट स्पिड: ९” एयरोडाइनामिक ब्लेडसहित २७५० RPM को बेजोड गति।
गुणस्तर र टिकाउपनमा पूर्ण भरोसा प्रदान गर्न सीजीले सार्वजनिक गरेको नयाँ टेबल फ्यान (CGTF9A) को मोटरमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको छ भने, सार्वजनिक भएका अन्य सम्पूर्ण स्ट्यान्ड, वाल र सिलिङ फ्यानहरूको मोटरमा २४ महिनाको विशेष वारेन्टी प्रदान गरेको छ।
३९ मोडलको वृहत् पोर्टफोलियो: फ्यान सेग्मेन्टमा सीजीको निर्विवाद नेतृत्व
यी ७ नयाँ आक्रामक लन्चहरूसँगै फ्यान सेग्मेन्टमा सीजीको लाइनअप प्रतिस्पर्धारहित बनेको छ। अहिले बजारमा सीजीले हरेक आवश्यकतालाई सुहाउने कुल ३९ वटा विभिन्न मोडलका फ्यानहरू उपलब्ध गराइरहेको छ:
- स्ट्यान्ड फ्यान (१२ मोडल): ३ नयाँ लन्चसहित ६ सीजी नर्मल र ३ मेरिडिया फ्यान।
"यसपालीको गर्मीलाई मात दिन हामीले सबै सेग्मेन्टमा एकैसाथ नयाँ प्रविधि र उच्च गतिकाहरू फ्यानहरू बजारमा ल्याएका छौँ। बजारमा उपलब्ध ३९ वटा मोडलको विशाल रेन्जले सम्पूर्ण फ्यान सेग्मेन्टमा सीजीको बलियो उपस्थिति र ग्राहकप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ," सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। "Experience Life with CG" को मूल नारालाई आत्मसात गर्दै सीजीले नेपाली उपभोक्ताको जीवनलाई सहज र शीतल बनाउन सधैं उत्कृष्ट उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।


































