आर्थिक भ्वाइस संबाददाता
काठमाडौं । नेपालमा बनेका जुत्ता अन्य देशका ब्रान्डेड जुत्ता भन्दा कम नभएको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानीराज घिमिरेले बताएका छन् ।सामान राम्रो भए पनि ग्राहकको मनोभावना भने बदल्न नसकेको उनको भनाइ छ । नेपालमै उत्पादन भएको जुत्ता राम्रो क्वालिटीको भएको भन्दै उनले नेपाली सामान राम्रो हुँदैन भन्ने मनोभावनालाई परिवर्तन गर्न जरुरी रहेको घिमिरेले बताए ।
विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीको प्रभावबाट जुत्ता उद्योग पनि अछुतो रहन सकेन ।
खस्किँदो निर्यात
‘पहिले सामान्य स्थितिमा व्यापार भैरहेको बेलामा नै निर्यात घट्दै गइरहेको थियो’, उनले भने, अहिले झन् विश्वमै आर्थिक मन्दी छाउँदा त राम्रो अर्डर आउने ठाउँबाट पनि अर्डर क्यान्सिल हुन थाल्यो , मन्दीका कारण निर्यात घटेको घट्यै छ ।, भारत, युरोप, गल्फ कन्ट्री, अष्ट्रेलिया, युएसए लगायत १७ देशमा २ करोड भन्दा बढी निर्यात हुन्थ्यो, खस्किँदै खस्किँदै आर्थिक वर्ष ०७८–७९मा आइपुग्दा ५९ लाखमा झ¥यो अहिले त झन् घटेको छ ।,
१५ सय जुत्ता उद्योगहरु सञ्चालनमा
घिमिरेका अनुसार देशभरमा परम्परागत उद्योग १२ सय, साना उद्योगीहरु एक सय, ५सय देखि १ हजार जोर सम्म उत्पादन गर्ने एक सय, र १ हजार देखि एक लाख जोर सम्म उत्पादन गर्ने ५० गरी १५ सय जुत्ता उद्योगहरु सञ्चालनमा रहेका छन्।
रोजगारीको अवस्था
१५ सय उद्योगमा ५० देखि ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा ३ लाख जनाभन्दा बढी रोजगार रहेका छन् ।
उद्योगको क्षमता र अवस्था
देशभर ६५ हजारदेखि ७० हजार बढी जुत्ता पसल छन् । चौबीसै घण्टा उद्योग चल्दा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । स्वदेशभित्रको माग १० देखि साढे १० करोड जोर मात्रै छ । तर, खपत ५ करोड ६५ लाख जोर मात्रै भइरहेको छ ।
‘वार्षिक रुपमा १६ करोड जुत्ता उत्पादन गर्न सक्ने क्षमता भए पनि १० करोड जोरको मात्रै डिमान्ड आउँछ, घिमिरेले भने’, ‘त्यसमा पनि साढे ६ करोड जति मात्रै उद्योगको छ।, हाम्रो उद्योगमा एक हजार जोर उत्पादन गर्ने क्यापासिटी छ भने ३ सय देखि साढे ३ सय जोर मात्रै उत्पादन गरेर ३५ प्रतिशतमा मात्रै उद्योगहरु सञ्चालित छन् ।’
समस्या र चुनौती
गत आव ०७८÷७९ मा साढे २ करोड जोर विदेशी जुत्ता वैधानिक रूपमा भित्रिएको थियो । २ करोड जोर खुला सीमाबाट तस्करीमार्फत ल्याइएको अध्यक्ष घिमिरेको दाबी छ । ‘चोरी तस्करी ठुलो समस्याका रूपमा छँदै छ ।
जुत्ता उद्योगमा अर्को मुख्य समस्या जनशक्ति अभाव हो,’ उनले भने, ‘यस्ता गतिविधिले राज्यलाई नोक्सान भइरहेको छ ।’ हरेक दिन कैयौँ युवाहरु स्वदेशमा रोजगार पायनौँ भनेर बिदेसिन्छन् तर हामीले कामदार नपाएर अप्ठ्यारोमा परेका छौँ ।’, वृद्धि हुँदै गएको ब्याजदर र पुँजी संरचनाको महँगीले पनि समस्या भएको उनको भनाई छ ।
एकातिर भन्सार छलेर जुत्ता भित्रिरहेका छन् भने अर्कातिर ब्रान्ड कपीको समस्याले ग्राहकलाई ब्रान्ड चिन्न समस्या भएको उनको भनाई छ । सरकारले चोरी पैठारीको अनुगमनलाई तीव्रता दिनुपर्ने उनको भनाई छ ।
चोरी पैठारी
घिमिरेका अनुसार गत वर्ष साढे २ सय करोड जोर जुत्ता आयात भएको थियो । जसमा ५ करोड ६५ लाख भन्सार तिरेर आएको थियो भने, बाँकी रहेको झन्डै २ करोड जोर चोरी पैठारीबाट आपूर्ति भएको देखिन्छ ।
सकारात्मक पक्ष
सरकार परिवर्तन भएपछि चोरी पैठारीमा केही कमी आएको संघका अध्यक्ष घिमिरेको भनाई छ । काठमाडौँ नाकामा केही कम भए पनि तराइका नाकाहरुमा भने कमी आएको छैन् । उनले भने ,‘ विभिन्न ठाउँमा केही रुपमा कमी आए पनि निमिट्यान्न भने भएको छैन ।, यो समस्या गत चैत्र सम्म जस्ताको त्यस्तै थियो , वैशाखबाट केही कडाइ भएको छ ।तर त्यही समयमा आर्थिक मन्दी छायो व्यापार पनि घट्यो ।’

































