National life

जेन-जी आन्दोलनले होटल उद्योगमा २५ अर्बको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
565Shares
जेन-जी आन्दोलनले होटल उद्योगमा २५ अर्बको क्षति
ncell

काठमाडौं । सोमबारको जेन-जी आन्दोलनपछि मंगलबार पुनः उत्रिएका प्रदर्शनकारीले देशभरका होटल व्यवसायलाई ठूलो धक्का पुर्‍याएका छन्।

नेपाल होटल संघ ९हान० ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा तोडफोड र आगजनी भएको छ। यसरी क्षति पुगेको सम्पत्तिको अनुमानित मूल्य करिब २५ अर्ब रुपैयाँ बराबर रहेको छ।

हानका अनुसार काठमाडौं र पोखरा सबैभन्दा प्रभावित क्षेत्र बनेका छन्।

Royal Enfield
nic asia capital
त्यसपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटल उद्योगमा नोक्सानी भएको छ। आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ।

हानका अनुसार प्रभावित होटलहरू यो सिजनमा सञ्चालनमा आउन नसक्ने सम्भावना छ। प्रारम्भिक विवरणअनुसार क्षति भएका होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने देखिएको संघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?