National life
cg eloctronics

जोरपाटीमा कजारियाको नयाँ शोरुम उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
509Shares
जोरपाटीमा कजारियाको नयाँ शोरुम उद्घाटन
ncell

काठमाडौं । प्रतिष्ठित टाइल ब्रान्ड कजारिया ले काठमाडौंको जोरपाटीमा आफ्नो नयाँ अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाएको छ। जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्च गुणस्तरका टाइलको माग पूरा गर्ने र ग्राहकलाई उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्धघाटन कार्यक्रममा संघीय सांसद सन्तोष चालिसे प्रमुख अतिथि भएका थिए। उनले रिबन काटेर शोरूमको औपचारिक सुरुवात गरेका थिए भने कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल को उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। सांसद चालिसेले यस अवसरमा बोल्दै भने, “यो केवल व्यवसायिक उद्घाटन मात्र होइन, काठमाडौंमा आधुनिक र सुसज्जित जीवनशैलीतर्फ हाम्रो कदम हो। कजारियाको उपस्थिति स्थानीय बजार र जनताप्रति हाम्रो विश्वासको परिचायक हो।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्देशक हिमांशु अग्रवाल ले भने, “हामी नवप्रवर्तन र ग्राहक सन्तुष्टिमा विश्वास गर्छौं। नयाँ शोरूमले उत्कृष्ट डिजाइन, टिकाउपन र नयाँ ग्राहकसम्म पहुँच सुनिश्चित गर्दछ। कजारिया सधैं गुणस्तरको लागि चिनिन्छ र यो नयाँ शोरूम त्यसैको प्रमाण हो।”

काठमाडौं जोरपाटीमा अवस्थित नयाँ शोरूममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह उपलब्ध छ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा दुवै प्रदान गर्दछ। कजारिया नेपालको निर्माण तथा आन्तरिक डिजाइन क्षेत्रमा आफ्नो स्थान बलियो बनाउन यस विस्तारमार्फत प्रतिबद्धता देखाएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पसहित नेपालकै ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ। यस कम्पनीसँग नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलरहरूको नेटवर्क छ। यसले ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी ग्लेज्ड टाइल्स र सिरामिक वाल टाइल्स उपलब्ध गराउँदै टिकाउपन, जलप्रतिरोधी र दाग प्रतिरोधी गुण सुनिश्चित गरेको छ।

कजारियाले गुणस्तर, टिकाउपन र नविन डिजाइनमा ध्यान दिँदै नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?