काठमाडौँ, नेपाल । टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ।
सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत Family Pairing फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको Time Away फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ।
अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ।
सकारात्मक आनीबानीको विकास

नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #JournalTok, #NatureTok जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ Time and Well-being फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।
नयाँ Time and Well-being स्पेस सुरू गर्दै, टिकटकले अब चारवटा नयाँ Well-being Missions पनि ल्याएका छौँ। यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ। मिसनहरू पूरा गर्दै जाँदा, प्रयोगकर्ताले ब्याज पाउँछन्, जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ।
अझ धेरै प्रयोगकर्तालाई टाइम एण्ड वेल-बीइंग स्पेसमा जोड्ने उद्देश्य

प्रयोगकर्ताले नयाँ Time and Well-being स्पेस सजिलै भेटून् भनेर, कसैको Daily Screen Time Limit पुगेको वा उनीहरूको Sleep Hours सक्रिय हुने अवस्थामा पनि हामीले सोही स्पेसको लिंक उपलब्ध गराउनेछौँ। त्यसैगरी, Take A Break भिडियोहरूमा पनि नयाँ Time and Well-being पेजतर्फ निर्देशित गर्ने सन्देश थपिएको छ। हाम्रो उद्देश्य यो स्पेसलाई कम्युनिटीका लागि अझ उपलब्ध, सजिलो र देखिने बनाउनु हो। आगामी दिनहरूमा, हामी यी टुलहरूलाई मानिसहरूको दैनन्दिन प्रयोगको सक्रिय हिस्सा बनाउन थप फिचरहरू जारी गर्ने योजना बनाइरहेका छौँ। यसका लागि, टिकटकको सम्पूर्ण अनुभवमा यी वेल-बीइंग टुलहरूलाई अरू कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा पनि खोज–अनुसन्धान भइरहेको छ।
टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ, ताकि प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सकून्। यससँगै, टिकटकले आफ्नो कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, उनीहरूको समग्र सु–स्वास्थ्यलाई समर्थन गर्ने स्थान प्रदान गर्ने प्रतिबद्धता पनि पुनःप्रस्तुत गर्दछ।
टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको प्रमुख विश्वव्यापी प्लेटफर्म हो। यसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो।
टिकटकको ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ, र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा यसका कार्यालयहरू छन्।


































