National life

तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगमले निर्माण गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
714Shares
तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगमले निर्माण गर्ने सम्झौता
ncell

काठमाडौं । तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले नै निर्माण गर्ने भएको छ । निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण पनि गरिरहेको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतको उपस्थितिमा आयोजना विकासकर्ता कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर भएको हो ।​

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पिडिएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष ‘प्रचण्ड’को अध्यक्षतामा यही जेठ १४ गते बसेको लगानी बोर्डको ५४औं बैठकले सो आयोजनाको पिडिएका सम्बन्धमा आवश्यक निर्णय गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?