National life

प्रतिफल नमिल्ने सार्वजनिक संस्थानलाई निजीकरण गर्ने अर्थमन्त्रीको उद्घोष

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
1.3kShares
प्रतिफल नमिल्ने सार्वजनिक संस्थानलाई निजीकरण गर्ने अर्थमन्त्रीको उद्घोष
ncell

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानी हुने तर प्रतिफल नमिल्ने त्यस्ता सार्वजनिक संस्थानहरुलाई क्रमशः निजीकरण गरिदै लगिने उद्घोष गरेका छन् । आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल सञ्चालनमा रहेका कुल ४४ सार्वजनिक संस्थानहरु मध्ये १९ वटा संस्थान घाटामा चलेको उनको भनाइ छ । सार्वजनिक संस्थाको वार्षिक कार्यप्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरु मध्ये २५ वटा मात्र सार्वजनिक संस्थानहरु नाफामा रहेको उनले बताए ।

चालु आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारले लगानी गरेकोमा जम्मा ६ अर्ब १८ करोड अथार्त लगानीको १ प्रतिशत मात्र लाभांस प्राप्त भएको उनले बताए । समीक्षा अवधिमा २०।३ प्रतिशत सार्वजनिक संस्थानहरुको लाइब्रीटि घटेको अर्थमन्त्री डा.महतको भनाइ छ ।

सोही अवसरमा अर्थमन्त्री डा.महतले यस्ता घाटाका सामाजिक संस्थाहरुलाई निजी क्षेत्रलाई दिने वा सार्वजनिक संस्थानहरुलाई रुपान्तरण गर्नुपर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?