काठमाडौं। नेपालकै अग्रणी अन-डिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता प्याकेज प्रदान गरेको छ। सीटीभीटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकबाट ग्राहकलाई सेवा दिदै आएको यस प्याकेजमा विशेषगरी ठुला व्यवसायिक ग्राहकलाई लक्षित रहेको कम्पनीले बताएको छ।
एपमार्फत नै ग्राहकलाई आवश्यक सेवा बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्रीलगायत १५ भन्दा बढि सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
उक्त प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो।
उक्त प्याकेजहरु १५ सय रुपैयाँबाट सुरु भएको कम्पनीले बताएको छ। जसमा इलेक्ट्रिक, प्लम्बिङ, एसी रिपेयर प्याकेज मासिक १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेटलगायत अन्य व्यवसायिक भवनहरुको लागि भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसमा ग्राहकले सम्झौता अनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ। यो प्याकेज लिएपश्चात सम्झौता अनुरुप सम्बन्धित ग्राहकको सर्भिस सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी भेटायोले नै लिनेछ।
रुटिन चेकअप,१ घण्टाभित्र सेवा प्रदान, निःशुल्क परामर्श (हटलाइन वा प्रत्यक्ष),निःशुल्क सेवा निरीक्षण, ३० दिनको सर्विस वारेन्टी, अफ-आवर सेवा, गुणस्तरीय समानको प्रयोग, जब कार्ड, त्रैमासिक रिपोर्ट, सिटिभिटीबाट मान्यता जस्ता भेटायोका फिचर हुन्।

































