National life

लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर–GH सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ भदौ २०८०, शनिबार
559Shares
लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर–GH सार्वजनिक
ncell

काठमाडौं । लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर–‘जेडएच’ सार्वजनिक तथा विकी वितरणको घोषणा गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ईकोवायर–‘जेडएच’को सार्वजनिक गरिएको हो ।

ह्यालोजनमुक्त ईकोवायर–‘जेडएच’ नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथै यसले ग्राहकमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनीको दाबी छ । कम्पनीका अनुसार आवासिय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग गरेको हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नवीनतम प्रविधियुक्त ईकोवायर–‘जेडएच’ ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनेछ ।

लिटमस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले लिट्मस ईकोवायर–‘जेडएच’ नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार रहेको बताए । उनले ग्राहकको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

लिटमस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर–‘जेडएच’को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिए । यसको कम धुवाँ र उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको उनले जानकारी दिए ।

लिट्मस इन्डस्ट्रीज लिमिटेडको बारेमाः

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि रमेश कर्प अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आईरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?