National life

‘हामी फेरि उठ्ने छौं ,पुनर्निर्माण गर्ने छौं र अझ मजबुत भएर अघि बढ्ने छौं’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1.1kShares
‘हामी फेरि उठ्ने छौं ,पुनर्निर्माण गर्ने छौं र अझ मजबुत भएर अघि बढ्ने छौं’
ncell

यी केही दिन चौधरी समूहको इतिहासमा मात्र होइन, मेरो आफ्नै जीवनमा पनि सबैभन्दा कठिन घडी बने। परिवर्तन र जवाफदेहिताको आवाजले सुरु भएको आन्दोलन शुभेच्छा बोकेको थियो तर असामाजिक तत्त्वहरूले त्यसलाई हिंसा र अराजकतामा धकेले।

शान्तिपूर्ण भविष्यको आशा देखाउने स्वरहरू अचानक लुटपाट, आगजनी र ध्वंसमा परिणत भए। म आफैंले देखेँ, अध्यक्षलाई व्यक्तिगत रूपमा निशाना बनाइयो, घरहरू जलाइए, कारखानाहरू ध्वस्त पारिए, पसल र शोरुमहरू लुटिए। शताब्दीभरको मेहनत र समर्पण एक क्षणमै खरानीमा परिणत भएको दृश्य मेरो हृदयमा अमिट बनेर बस्यो।

Royal Enfield
nic asia capital

तर त्यो अन्धकारबीचै एउटा उज्यालो पनि थियो, हाम्रो चौधरी परिवारको अटूट आत्मा। आगो सल्किरहेको थियो, भीड चिच्याइरहेको थियो, तर हाम्रो व्यवस्थापकदेखि कर्मचारीसम्म सबैले आफ्नो जीवनलाई जोखिममा राखेर सीजीको वाचा निभाइरहेका थिए। कतिपय घाइते भए, कतिपय रातभर जाग्राम बस्नुपर्‍यो, तर कसैले हार मानेन।

त्यही दृढताले मलाई झक्झक्यायो। चौधरी समूह केवल कम्पनी होइन, यो एक परिवार हो। त्याग, श्रम र विश्वासले गाँसिएको विशाल परिवार। उनीहरूको हातले मात्र भवन जोगाइरहेका थिएनन्, बरु आशा र भरोसाको ज्योति पनि जीवित राखिरहेका थिए।

शत्रुले भवन जलाउन सक्छ, तर सपनालाई जलाउन सक्दैन। उनीहरूले पसल लुट्न सक्छन्, तर मूल्य–मान्यता लुट्न सक्दैन। उनीहरूले कमजोर बनाउन खोज्न सक्छन्, तर हाम्रो एकतालाई चकनाचूर बनाउन सक्दैनन्।

हामीलाई थाहा छ, को हुन् चौधरी समूह। हामी यो राष्ट्रका सबैभन्दा ठूलो करदातामध्ये एक हौं, रोजगारी दिने सबैभन्दा ठूला परिवारमध्ये एक हौं। हरेक वर्ष १८ अर्बभन्दा बढी कर बुझाउने, १५ हजारभन्दा बढी परिवारको रोजीरोटी जोड्ने संस्था हौं।

भूकम्प आएको बेला होस्, बाढी बग्दा होस्, वा महामारीले संसार थिलथिलो पारेको बेला हामी सधैं नेपाली जनताको साथमा उभिएका छौं। हामीलाई रोक्ने शक्तिले इतिहासमै जन्म लिएको छैन।

आज हामी पीडामा छौं, घाइते छौं, तर ढलेका छैनौं। यस विपत्तिबाट हामी फेरि उठ्नेछौं, अझ मजबुत भएर उठ्नेछौं। पुनर्निर्माण केवल भवनहरूको मात्र हुनेछैन, यो हाम्रो विचार, हाम्रो दृष्टि र हाम्रो प्रतिबद्धताको पुनर्जन्म हुनेछ।

आगोलाई इतिहासले सम्झने छैन। इतिहासले सम्झनेछ हामी कसरी त्यो खरानीमाथि नयाँ आशाको बिरुवा रोप्यौं, कसरी अझ गौरवपूर्ण र अझ बलियो परिवारका रूपमा बाहिर निस्क्यौं।

म चौधरी समूहका प्रत्येक सदस्यलाई नमन गर्छु। तपाईंहरू नै यो संस्थाको मुटु हो। तपाईंहरूकै साहस र अटुट समर्पणले हामीलाई अझ उज्यालो भविष्यतर्फ अघि बढाउँछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?