National life

सरकारले कम्पनी नविकरण नगरे चरणबद्ध आन्दोलनमा उक्रिने क्रसर व्यवसायीको चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
601Shares
सरकारले कम्पनी नविकरण नगरे चरणबद्ध आन्दोलनमा उक्रिने क्रसर व्यवसायीको चेतावनी
ncell

इटहरी । कोशी प्रदेश क्रसर व्यवसायी तथा मेची क्रसर व्यवसायीले असार १८ गते देखि उद्योग बन्द गरेर सडक संर्घषमा उत्रिने भएका छन् । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रसर उद्योगको कम्पनी नविकरण गर्न सरकारले कुनै चासो नलिएको बताउँदै उद्योग नै बन्द गर्नु पर्ने बताएका हुन् ।

सरकारले क्रसर बन्द गराउने, नविकरण नगर्ने तर आयकर, भ्याट नियमित तिर्नु पर्दा अब धान्न नसक्ने बताउँदै क्रसर नै बन्द गर्नु पर्ने बताएका छन् । सरकारले असार १८ गते सम्म नविकरण गर्ने प्रतिबद्धता नजनाए चरणबद्ध आन्दोलनमा उक्रिने समेत चेतावनी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मेची क्रसर व्यवसायी संघका अध्यक्ष शेर बहादुर थापाले सरकारका कारण क्रसर व्यवसाय धरापमा परेको आरोप लगाए ।

उनले पटक पटकको कानुन र ऐनले समस्या पारेको भन्दै सरकारको दिर्घकालीन सोच नै नभएको टिप्पणी गरे । राज्यले, आम जनताले क्रसर व्यवसायीलाई हेर्ने सोच नै तस्कर हो भन्ने छ अध्यक्ष थापाले भने ‘हामीले राज्यलाई कर तिर्छाै, कम्पनी नविकरण गरेका छौं तर हामी तस्कर भएका छौं ।’ त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रसर तथा खानी उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष देवराज तामाङले सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपालको नदिजन्य पदार्थ भारत निर्यात गर्ने तर नेपालका उद्योग बन्द गर्ने सरकारको योजनाबारे बुझ्न नसकेको बताए । तामाङले नेपालको नदिजन्य पदार्थ नेपालमै प्रयोग हुनु पर्ने धारणा राखे । सरकारले कम्पनी नविकरण गरेर नेपालका उद्योग कलकारखानालाई चाहिने पदार्थ नेपालमै खपत गर्नु पर्नेमा जोड दिए ।

गत २०७९ पौष २० गते सरकारले क्रसर, बालुवा तथा खानी उद्योग बन्द गराई अबैध रुपमा खोलिएका तथा कानुन बाहिर सञ्चालनमा रहेका उद्योग बन्द गर्ने भन्दै छानबिन गरेको थियो । लगत्तै माघ ११ गतेको बैठकले असार मसान्त सम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नविकरण गर्न सरकारले चासो देखाएको छैन । नेपालभर २५ सय क्रसर कम्पनी छन् । यि भित्र २ लाख कामदार रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?