National life

वैज्ञानिकहरू तारको प्रयोग नगरी हावामार्फत बिजुली प्रवाह गर्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
1.4kShares
वैज्ञानिकहरू तारको प्रयोग नगरी हावामार्फत बिजुली प्रवाह गर्न सफल
ncell

फिनल्याण्डका वैज्ञानिकहरूले तारको प्रयोग नगरी हावामार्फत बिजुली प्रवाह गर्न सफल भएका छन् । उच्च फ्रिक्वेन्सीका ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सी प्रविधिको संयोजनबाट वैज्ञानिकहरूले यस्तो सफलता प्राप्त गरेका हुन् ।

योसँगै भविष्यमा बिजुलीको प्रवाह र प्रयोगका लागि प्लग, तार र परम्परागत विद्युतीय जडानको आवश्यकता अन्त्य गर्ने लक्ष्य वैज्ञानिकहरूको छ । यदि यो प्रविधि व्यावहारिक रूपमा विस्तार हुन सक्यो भने यसले घर, उद्योग र इलेक्ट्रोनिक उपकरणहरूको स्वरूप नै परिवर्तन गर्न सक्नेछ।

फिनिस वैज्ञानिकहरूले अल्ट्रासोनिक ध्वनि तरंग, लेजर र रेडियो फ्रिक्वेन्सीको सहायताले विद्युत उर्जालाई तारबिनै एक स्थानबाट अर्को स्थानमा सार्न सकिने प्रमाणित गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो प्रयोग हाल ‘प्रूफ अफ कन्सेप्ट’ चरणमा भए पनि यसले भविष्यमा जुनसुकै स्थानमा रहेका उपकरणहरूलाई वायरलेस रूपमा ऊर्जा आपूर्ति गर्न सकिने सम्भावनाको ढोका खोलेको छ।

यस परियोजनाको नेतृत्व हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयका अनुसन्धान टोलीले गरेका हुन् । उनीहरूले प्रकाशमार्फत ऊर्जा आपूर्ति (पावर–बाइ–लाइट) र रेडियो फ्रिक्वेन्सी ऊर्जा संकलन प्रविधिमा काम गरिरहेका निजी कम्पनीहरूसँग सहकार्य गरेका थिए । भौतिकशास्त्र, इन्जिनियरिङ र अत्याधुनिक प्रविधिको संयोजनबाट गरिएको यस अनुसन्धानले फिनल्याण्डलाई वायरलेस बिजुली प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी राष्ट्रका रूपमा उभ्याएको छ ।

एकुस्टिक वायर के हो ?

यस प्रविधिको केन्द्रमा रहेको अवधारणालाई ‘अकुस्टिक वायर’ भनिन्छ । यसमा उच्च तीव्रताका अल्ट्रासोनिक ध्वनि तरंग प्रयोग गरेर हावामै अदृश्य मार्ग तयार गरिन्छ जसले व्यवहारमा तारजस्तै काम गर्छ । यी ध्वनि–निर्देशित मार्ग हुँदै साना विद्युतीय झिल्काहरू कुनै भौतिक सम्पर्कबिना नै सुरक्षित रूपमा प्रवाह हुन्छन् । यसले स्मार्ट उपकरण र इलेक्ट्रोनिक प्रणालीमा सम्पर्करहित ऊर्जा आपूर्ति सम्भव बनाउँछ ।एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?