National life

चीनको चिया उद्योग नयाँ मोडमा, नेपाली चियाबारे चर्चा

विश्वकै सबैभन्दा पुराना चिया उत्पादन क्षेत्रहरूमध्ये एक मानिने नान्नुओ पर्वत हानी जातिको बसोबास रहेको क्षेत्र हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
1KShares
चीनको चिया उद्योग नयाँ मोडमा, नेपाली चियाबारे चर्चा
ncell

एजेन्सी । ‘आउनुहोस्, चिया टिप्न जाऔँ। हाम्रो पुस्तौँदेखि जीवनयापन चियामै निर्भर छ। म करिब १० वर्षको हुँदा आमाबुबासँगै चिया टिप्न थालेकी थिएँ। म १० वर्षभन्दा बढी समयदेखि चिया उद्योगमा संलग्न छु।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रत्येक चियाको बोटको आफ्नै स्वभाव हुन्छ। केही बोट ठूला र बलिया हुन्छन्, बलियो जवान मानिसजस्तै। केही भने निकै कोमल हुन्छन्, तिनका हाँगाहरू पनि नरम हुन्छन्,’ स्थानीय बासिन्दा वाङ सियाओफाङले आफ्नो अनुभूति सुनाए । 

वाङले चियाका बोटका बारेमा कुरा निकै रमाइलो लाग्छन् । वाङजस्ता स्थानीय बासिन्दाहरूले पुस्तौँदेखि गरेको स्याहार–सम्भारका कारण अहिले युनान प्रान्तको नान्नुओ पर्वतमा एक सय वर्षभन्दा पुराना प्राचीन चियाका बोटहरु फैलिएका छन् । 

विश्वकै सबैभन्दा पुराना चिया उत्पादन क्षेत्रहरूमध्ये एक मानिने नान्नुओ पर्वत हानी जातिको बसोबास रहेको क्षेत्र हो । उक्त क्षेत्र चियाको प्रमुख उत्पादन क्षेत्रमध्ये एक पनि हो । 

‘प्राचीन चियाको रूख यहीं छ । यस्ता बोटहरू सामान्यतया ५०० वर्षभन्दा पुराना हुन्छन्। एउटा रूखबाट वर्षमा करिब पाँच किलोग्राम मात्रै चिया उत्पादन हुन्छ,’ स्थानीय बासिन्दा वाङ सियाओफाङले भने । 

मौसम र जलवायुजस्ता कारणले चिया उत्पादनमा असर पर्न सक्ने भएकाले धेरै किसानहरूले आम्दानी बढाउन नयाँ उपाय अपनाउन थालेका छन्।

उनीहरूले चिया उत्पादनलाई पर्यटन र सांस्कृतिक अनुभवसँग जोडिरहेका छन्।

स्थानीय याओमे चिया बगान महाप्रबन्धकले भने,‘यो कच्चा चिया हो । पहिले पर्यटकहरू यहाँ आउँथे, चिया चाख्थे र फर्किन्थे। अहिले भने उनीहरूले सम्पूर्ण प्रक्रियाको अनुभव गर्न गर्न आउँछन् । उनीहरू आफैं चिया टिप्न, चिया बनाउन र हाम्रो गाउँका समुदायको संस्कृति बुझ्न सक्छन्।’

गत वर्ष सिस्वाङबान्नाको चिया उद्योगले सात अर्ब अमेरिकी डलरभन्दा बढीको कुल उत्पादन मूल्य हासिल गरेको थियो। यसले करिब ४ लाख ३० हजार चिया किसानलाई थप स्थिर आम्दानी प्राप्त गर्न सहयोग पु¥याएको छ।

पहाडको मनोरम दृश्य हेर्दै एक कप चिया पिउनु सामान्य अनुभव जस्तो लाग्न सक्छ। तर यस्ता अनुभवहरू अहिले स्थानीय बासिन्दाका लागि भरपर्दो आम्दानीको स्रोत बनेका छन्।

हालै सिस्वाङबान्नामा आयोजित २०२६ ग्लोबल मेयर्स डाइलगका क्रममा विभिन्न देशका प्रतिनिधिहरूले पनि नान्नुओ पर्वतको भ्रमण गर्दै चिया उद्योगको विकाससम्बन्धी अनुभव आदानप्रदान गरेका थिए।

‘नेपालमा अधिकांश चिया बगान साना किसानहरूले सञ्चालन गर्छन् र परम्परागत विधिमै निर्भर छन्। तर यहाँ ठूला सहकारी संस्था र आधुनिक प्रशोधन केन्द्रहरू छन्, जहाँ गुणस्तर नियन्त्रण, प्याकेजिङ र ब्रान्डिङमा विशेष जोड दिइन्छ,’ चितवनको कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीले भने । 

आज यहाँका चिया किसानहरूले चियाबाट मात्र होइन, रेस्टुरेन्ट, होमस्टे र सांस्कृतिक पर्यटनबाट पनि आम्दानी गरिरहेका छन्।(सीसीटीभीप्लस)

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?