National life
cg eloctronics

‘RISE TO RULE’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|२० कात्तिक २०८३, शुक्रबार
1.8kShares
‘RISE TO RULE’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न
muktinatha bikash bank

काठमाडौं । कजारिया रमेश टायल्सले काठमाडौंमा आफ्नो वार्षिक डिलर्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। ‘RISE TO RULE’ थिममा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामूहिक उपलब्धिहरूको उत्सव मनाउने, उत्कृष्ट योगदानको कदर गर्ने, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य तथा उत्कृष्टतामार्फत दिगो विकासप्रतिको कम्पनीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अवसर प्रदान गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यक्रममा कजारिया सेरामिक्सका उपाध्यक्ष तथा कजारिया रमेश टायल्सका अध्यक्ष चेतन कजारिया र कजारिया अन्तर्गतको ग्रेसबन्डका प्रमुख कार्तिक कजारियाको विशेष उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थितिले व्यावसायिक साझेदारीलाई थप मजबुत बनाउँदै दीर्घकालीन सम्बन्ध विकास गर्ने कम्पनीको निरन्तर प्रयासलाई झल्काएको थियो।

कार्यक्रमको मुख्य आकर्षण भनेकै १७ विधामा उत्कृष्ट डिलर तथा व्यावसायिक साझेदारहरूलाई सम्मान गर्नु रहेको थियो। उक्त अवार्डमार्फत उहाँहरूको उत्कृष्ट कार्यसम्पादन, समर्पण र ब्रान्डको विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गरिएको थियो। साथै, कजारियाको बजार उपस्थिति विस्तार गर्न डिलर नेटवर्कले खेलेको महत्वपूर्ण भूमिकालाई समेत सम्मान गरिएको थियो।

everest bank

डिलर तथा व्यवसायी साझेदारहरूको संजाल कजारिया रमेश टायल्सको बजार सफलताको मुख्य आधार रहँदै आएको छ। यो डिलर्स मिट रणनीतिक योजना र आपसी समझदारीको मंच मात्र नभई साझा प्रतिबद्धता, सहकार्य र महत्वाकांक्षाको उत्सव पनि थियो। व्यावसायिक साझेदारहरूको निरन्तर साथ र समर्पणले कम्पनीको यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ, जसले आगामी दिनमा अझ ठूला उपलब्धि र प्रगतिको बाटो सुनिश्चित गरेको छ।

डिलर्स मिट २०२६ ले आफ्ना व्यावसायिक साझेदारहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने, उपलब्धिहरूको कदर गर्ने र सहकार्यमार्फत सँगै अघि बढ्ने कजारिया रमेश टायल्सको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। ‘RISE TO RULE’ को साझा लक्ष्यसहित आगामी दिनमा अझ ठूला उपलब्धि हासिल गर्ने उत्साह र प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न भएको थियो।

कजारिया रमेश टायल्सको बारेमा

कजारिया रमेश टायल्स लिमिटेडले नेपालको टायल उद्योगमा एक स्थापित नामका रूपमा आफ्नो पहिचान बनाएको छ। कम्पनीले देशकै सबैभन्दा ठूलो टायल उत्पादन केन्द्र स्थापना गरेको छ, जहाँ अत्याधुनिक प्रविधिको प्रयोग गरिनुका साथै अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन गरिन्छ।

कम्पनीका उपलब्धिहरूमा सन् २०२५ मा सुपर ब्रान्डको मान्यता, एसियाकै सम्भावनायुक्त ब्रान्डका रूपमा प्राप्त पहिचान तथा विश्वको आठौँ ठूलो टायल उत्पादकको स्थान समावेश छन्। गुणस्तर र दिगोपन प्रतिको कम्पनीको प्रतिबद्धता I SO ९००१: २०१५ र ISO १४००१: २०१५ प्रमाणपत्र तथा इन्डियन ग्रिन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यताबाट समेत झल्किन्छ । यसका साथै, कम्पनीले NS Quality Award २०२६ समेत प्राप्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?