National life

उद्योग–व्यवसाय सुरक्षामा सरकारको नयाँ संरचना सक्रिय

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.7kShares
उद्योग–व्यवसाय सुरक्षामा सरकारको नयाँ संरचना सक्रिय
ncell

काठमाडौं । सरकारले औद्योगिक तथा व्यावसायिक क्षेत्रको सुरक्षा सुदृढ गर्न द्रुत प्रतिकार्य संयन्त्र कार्यान्वयनमा ल्याएको छ ।

१३ चैतको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत औद्योगिक तथा व्यावसायिक सुरक्षाका लागि आवश्यक संरचना तथा प्रतिक्रिया संयन्त्र स्थापना गर्ने निर्णय समावेश थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै गृह मन्त्रालयको १४ चैतको सचिवस्तरीय निर्णयपछि यो अवधारणा लागू गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।

यस संयन्त्रको उद्देश्य निजी क्षेत्रको लगानी सुरक्षा, औद्योगिक निरन्तरता सुनिश्चित गर्नुका साथै सम्भावित सुरक्षा जोखिमलाई रोकथाम र तत्काल प्रतिकार्य गर्नु रहेको बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संयन्त्रको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्नेछन् भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका स्थानीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधि तथा सहायक सीडीओ सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

यसले उद्योग–व्यवसायसँग सम्बन्धित सुरक्षा विश्लेषण, कार्ययोजना निर्माण, तथ्यांक संकलन, २४ सै घण्टा निगरानी, हटलाइन सञ्चालन तथा सुरक्षा गस्ती परिचालनजस्ता काम गर्नेछ । संयन्त्रको बैठक आवश्यकताअनुसार वा कम्तीमा महिनामा एक पटक बस्ने व्यवस्था गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?