काठमाडौँ। गत आर्थिक वर्ष २०८०/०८१ को असार महिनामा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड रुपैयाँ प्रथम बीम शुल्क आर्जन गरेका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले उक्त समयावधिमा (असार मसान्तसम्ममा) ६ अर्ब ७८ करोड १४ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हुन् ।
जीवन बीमा कम्पनीले संकलन गरेको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०७९।०८० को तुलनामा २८.२६ प्रतिशतले बढी हो।
सार्वजनिक तथ्याङ्क अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले असार महिनामा मात्र १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो असारको तुलनामा २३.८३ प्रतिशतले बढी हो ।
त्यस्तै नेशनल लाइफ इन्सोरेन्स दोस्रो धेरै प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनीको सूचीमा परेको छ । नेशनल लाइफले असार ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । क्रमश तेस्रो नम्वरमा ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर एलआइसी नेपाल पर्न सफल भएको छ ।
त्यस्तै, हिमालयन लाइफले ५३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ५२ करोड १४ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ, एशियन लाइफले ४० करोड ४२ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३५ करोठ ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याकंमा उल्लेख छ ।



































