National life

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
652Shares
आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ
ncell

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले होटल र्‍याडिसनमा आयोजना गरेको एक कार्यक्रमकाबीच महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरे। कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो।

जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०र८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवार्डले सो कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रुपमा कार्यसम्पादन गर्दै आएको झल्काउँदछ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यसबाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए।

नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल उक्त कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?