National life

जीवन बीमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २५.३९ प्रतिशतले बढ्यो,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
473Shares
जीवन बीमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २५.३९ प्रतिशतले बढ्यो,कुनको कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास अर्थात, असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बीमा कम्पनीहरुले यस पटक एनएफआरएस विधिबाट रिपोर्ट प्रकाशित गरेका हुन् । जीवन बीमा कम्पनीहरुको प्रदर्शन पहिलो त्रैमासमा निकै सन्तोषजनक देखिएको छ ।

रिपोर्ट अनुसार सबै कम्पनीहरुको नाफा बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समग्रमा यिनीहरुको खुद नाफा ३०.५४ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष समग्रमा १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएका यी कम्पनीहरुले यस वर्षको असोजसम्म १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बीमा कम्पनीहरुको लगानी तथा कर्जाबाट हुने आम्दानी २५.३९ प्रतिशतले बढेर ११ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीहरुले ९ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको नाफा बढ्नुको मुख्य कारण लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्नु पनि हो । त्यसैगरी अन्य श्रोतबाट हुने आम्दानी पनि बढेको छ । यस अवधिसम्म लगानी तथा कर्जाबाट नेपाल लाइफले सबै भन्दा धेरै आम्दानी गरेको छ । यसको उक्त शीर्षकमा ३ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको छ । सबै भन्दा कम सन नेपालको १५ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?