काठमाडौं । नेपाल बीमा प्राधिकरण ले आफ्नो प्रवक्ताको जिम्मेवारी निर्देशक पूजन ढुङ्गेल अधिकारीलाई दिएको छ।
प्राधिकरणको अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका निर्देशक ढुङ्गेललाई प्राधिकरणको फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ताको अतिरिक्त जिम्मेवारी तोकिएको हो।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा भएको व्यवस्थाबमोजिम निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिनुभयो।



































