National life

प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्सलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न अन्तिम निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
536Shares
प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्सलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न अन्तिम निर्देशन
ncell

काठमाडौँ ।। नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले चुक्ता पूँजी वृद्धिका लागी भइरहेको प्रयासका सम्बन्धमा दुई कम्पनीलाई सात दिनभित्र जानकारी पेश गर्न निर्देशन दिएको हो ।

पटक पटक समय दिएपनि कम्पनीले वेवास्ता गरेको भन्दै प्राधिकरणले एक साताभित्र क्यापिटल प्लान पुनः पेश गर्न निर्देशन दिएको प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि पटक–पटक समय दिँदा पनि पुँजी पुर्याउन नसकेका उनीहरुलाई प्राधिकरणले आज एक हप्ताको समय दिएर योजना माग गरेको हो । यस पटकको पुँजि बृद्धि योजना अन्तिम हुनेछ ।

नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पु¥याउन अझै ६८ प्रतिशत अपुग रहेको छ। नेपाल इन्स्योरेन्ससँग हाल १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी कायम छ। यसैगरी प्रभू इन्स्योरेन्सले चुक्ता पूँजी पुरा गर्न अझै ८२ प्रतिशत पूँजी अपुग छ। प्रभू इन्स्योरेन्ससँग हाल जम्मा चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ।

नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्न निर्देशन दिएको थियो । सो बमोजिम बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ निधारण गरिदिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?