काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित ISO 9001:2015 प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ । यस कम्पनीले जिवन तथा निर्जीवन बीमा एवम् पुनर्बीमा दलाली सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यलय काठमाडौंमा भदौ १० गते एक कार्यक्रमका बीच उक्त प्रमाणपत्र यूनाइटेड रजिष्ट्रार अफ सिस्टमका नेपाल प्रमुख प्रकाश पौडेलले फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडका अध्यक्ष महेश कुमार अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका अध्यक्ष , संचालक समिति तथा व्यवस्थापनको उपस्थिती रहेको थियो ।
कार्यक्रममा फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडका प्रबन्ध निर्देशक सुबर्ण पौडेलले आफ्नो मन्तव्य राख्दै संस्था स्थापनाको छोटो समयमै उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको र प्रमाणपत्र प्राप्तीका लागि कम्पनीको व्यवस्थापनको उच्च प्रशंसा गरे साथै, यूनाइटेड रजिष्ट्रार अफ सिस्टको व्यवस्थापनलाई समेत कृतज्ञता व्यक्त गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले ISO 9001:2015 प्रमाणपत्रले उच्च स्तरको सेवा प्रदान गर्न थप हौसला प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।
कम्पनी रजिष्ट्रारको कार्यलयमा पव्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त पुनर्बीमा दलाल हो । कम्पनीले छोटो समयमै प्रतिष्ठित अन्तर्राष्ट्रिय रिईन्स्योरेन्स ब्रोकरहरूसँगको रणनीतिक साझेदारीमा नेपालका बीमा तथा पुनर्बीमा कम्पनीहरुलाई पुनर्बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।





































