National life

बीमा प्राधिकरणले आयोजना गरेको निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
1.2kShares
बीमा प्राधिकरणले आयोजना गरेको निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा तथा साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय र छवटा प्रदेश कार्यालयहरूद्वारा प्राधिकरणको ५७औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेता हरेक प्रदेशका एक–एकजना गरी ७ जनालाई प्रमाणपत्र र बीस हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

बागमती प्रदेशका विजेतालाई आइतबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रमका बीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी धनराज शाह, मधेश प्रदेशबाट बीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसका विद्यार्थी कविता कुमारी यादव र वागमती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिल बहादुर भण्डारी विजयी भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसका विद्यार्थी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट रूपन्देहीस्थित बुटवल कालिका क्याम्पसका विद्यार्थी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायका विद्यार्थी तारा कुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहुमखी क्याम्पसका विद्यार्थी दिव्या पन्त निबन्ध प्रतियोगितामा विजयी भएका थिए ।

‘गरीबी न्युनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व’ शीर्षकमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा देशका विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट गरी जम्मा ८९ वटा निबन्ध प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

यस्ता प्रतियोगिताको माध्यमबाट जोखिम व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा रहेको बीमाप्रति विद्यार्थीलाई जागरूक बनाउन तथा बीमा शिक्षा एवम् साक्षरता प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास प्राधिकरणले लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?