National life

मर्जरपछि सानिमा रिलायन्स लाइफको आक्रामक प्रगति,बजारमा स्थापित ब्रान्डलाई टक्कर दिंदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
1.3kShares
मर्जरपछि सानिमा रिलायन्स लाइफको आक्रामक प्रगति,बजारमा स्थापित ब्रान्डलाई टक्कर दिंदै
ncell

काठमाडौं । साविक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बजारमा आफ्नो व्यापार हिस्सा बढाउँदै गएको छ । बीमा शुल्क संकलन, लगानी, बीमा कोष र कम्पनीले आर्जन गरेको नाफाले पनि यो कुराको पुष्टि गर्छ । कम्पनीले पुराना बजारमा स्थापित बीमा कम्पनीहरुलाई टक्कर दिने देखिएको छ ।

त्यसो त, २ वटा कम्पनी मर्ज भएर बनेपछि व्यापार विस्तार र नाफामा सुधार हुनु स्वभाविक नै मान्न सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, मर्जरमा गएका कम्पनीहरु सबैको वित्तीय अवस्थालाई सुधार्न सकेका हुँदैनन् । कर्मचारी व्यवस्थापनदेखि शाखा विस्तारसम्म यस कम्पनी निकै व्यवस्थित तरिकाले अगाडि बढेको देखिएको छ ।

सानिमा रिलायन्स नेपालमा अग्रणी जीवन बीमा कम्पनीहरुमध्ये एक हो । यस कम्पनीले ग्राहकहरुको विविध आवश्यकताहरुलाई ध्यानमा राख्दै विभिन्न जीवन बीमा योजनाहरु प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो सेवा विस्तारलाई प्राथमिकता दिँदै देशभर १७० भन्दा बढी शाखाहरु स्थापना गरेर नवीनतम १५ भन्दा बढी बीमा योजनाहरु प्रस्तुत गरेको छ । कम्पनीले आगामी दिनहरुमा पनि सेवा विस्तार र नवीन योजनाहरु प्रस्तुत गर्दै ग्राहक सन्तुष्टिमा केन्द्रित रहने अपेक्षा गरिएको छ ।

प्रायः कम्पनीहरुको मर्जरपछि आन्तरिक व्यवस्थापनमा निकै समस्या उत्पन्न हुन्छ । तर,यस कम्पनीले त्यसलाई सहज रुपले व्यवस्थित गर्दै अगाडि बढेको छ । कम्पनीको व्यवस्थापन निकै अनुभवि टोलीले गरेको छ । त्यसमाथि सानिमा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को अनुभवले पनि काम गरेको बीमा क्षेत्रका विश्लेषकहरुले जनाएका छन् ।

हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको पदमा शिव नाथ पाण्डे रहेका छन् । उनीसँग नेपालका बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको समृद्ध अनुभव छ । पाण्डेले नेपाल राष्ट्र बैंकका विभिन्न महत्त्वपूर्ण क्षेत्रमा काम गर्दै नीति निर्माण र वित्तीय संस्थाहरुको सुपरिवेक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

सीईओ पाण्डे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रुपमा सेवानिवृत्त भएका हुन् । उनि नेपालका आन्तरिक राजस्व विभागका लागि कर विशेषज्ञका रुपमा पनि नियुक्त भएका थिए । यसअघि उनले करिब ४ वर्षसम्म साविक सूर्य लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओको रुपमा कार्यभार सम्हाल्लेका थिए । सीईओ पाण्डे जीवन बीमक संघका संस्थापक अध्यक्ष पनि हुन् । यता, कम्पनीको अध्यक्षमा रतन लाल केडिया रहेका छन् । कम्पनीको व्यवस्थापन टिममा पनि अनुभव प्राप्त कर्मचारीहरु रहेका छन्। जसका कराणले कम्पनीलाई अघि बढाउन निकै सहज भएको छ।

लाभांश इतिहास

मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स २ आर्थिक वर्षमा २७.६२ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष १८.३८ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीले गत वर्षको नाफाबाट ९.२४ प्रतिशत लाभांश (नगद र बोनस शेयर) दिएको छ । १.२४ प्रतिशत बोनस शेयर वितरण गरेसँगै यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ माथि पुग्नेछ । कम्पनीले हकप्रद शेयर जारी नगरी पूँजी पुर्याउन सफल भएको छ ।

वित्तीय विवरण

चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ

सानिमा रिलायन्सको चुक्ता पूँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ । गत वर्षका लागि १.२४ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ भन्दा धेरै पुग्नेछ । यता, आर्थिक वर्ष २०८०-८१ मा यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड २२ लाख रुपैयाँ जम्मा रहेको देखिएको छ । अघिल्लो वर्ष उक्त कोषमा ७७ करोड ५३ लाख थियो । चालु आवको पुससम्म आइपुग्दा रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख देखिएको छ ।

कम्पनीको लगानीको आकार पनि अत्याधिक बढेको छ । २०७९-८० मा १४ अर्ब ३७ करोड ५३ लाख रहेको लगानी २० अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

खुद नाफा र लगानी तथा कर्जाबाट हुने आम्दानी

सानिमा रिलायन्सले चालु आर्थिक वर्षको ६ महिनामा २३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै हो । यता, कम्पनीले २०८०-८१ मा ५० करोड ४५ लाख नाफा आर्जन गरेको छ । जुन २०७९-८० को भन्दा धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले २७ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफासँगै लगानी तथा कर्जाबाट हुने आम्दानी पनि बढेको छ । संस्थाले २०७९-८० मा ८३ करोड ६५ लाख रुपैयाँ भन्दा धेरै लगानी तथा कर्जाबाट आम्दानी गरेको थियो । गत वर्षसम्म आइपुग्दा १ अर्ब ५५ करोड आम्दानी गरेको छ । कम्पनीले चालु आवको पुससम्म ७९ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । बीमा कम्पनीहरुको लगानी शेयर बजारदेखि बैंक मुद्दिमा खातामा पनि रहेको हुन्छ । शेयर बजार बढेको अवस्थामा यस कम्पनीको आम्दानीमा पनि ठूलो वृद्धि आउने देखिन्छ ।त्यसैले आगामी दिनमा संस्थाको आम्दानीमा निकै राम्रो सुधार हुने सम्भावना छ ।

बीमा शुल्क संकलन तथा बीमा कोष

यस कम्पनी गत वर्ष ६ अर्ब १८ करोड ५७ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ५५ करोड बीमा शुल्क संकलन गरेको थियो । यता, खुद बीमा शुल्क भने ३ अर्ब ३६ करोडबाट बढेर ५ अर्ब ९० करोड पुगेको छ ।

यता, चालु आवको पुससम्म यस कम्पनीले कुल ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क र ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यता, बीमा कोषको आकार १७ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबर रहेको छ ।

 

https://www.youtube.com/watch?v=cY1n035RpOg&t=55s

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?