National life
cg eloctronics

मेटलाइफ नेपाल र वात्सल्य आईवीएफ बीच फर्टिलिटी केर सेवामा पहुँच विस्तारका लागि सहकार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.4kShares
मेटलाइफ नेपाल र वात्सल्य आईवीएफ बीच फर्टिलिटी केर सेवामा पहुँच विस्तारका लागि सहकार्य
muktinatha bikash bank

काठमाडौं। मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई फर्टिलिटी तथा इन-भिट्रो फर्टिलाइजेसन (आईवीएफ) सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले वात्सल्य नेचुरल आई वी एफ प्राईवेट लिमितेडसँग नयाँ सहकार्यको घोषणा गरेको छ। वान बाई मेटलाइफ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत अब बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले नेपालकै एक प्रतिष्ठित फर्टिलिटी सेवा प्रदायकमा विशेष दरमा सेवा लिन सक्नेछन्।

विश्वसनीय र किफायती उपचारमा पहुँच हुनु फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारहरूका लागि महत्वपूर्ण हुन्छ । नेपालमा अझै पनि धेरै व्यक्तिहरू लागत, सामाजिक संकोच वा पर्याप्त जानकारीको अभावका कारण फर्टिलिटी स्वास्थ्यसम्बन्धी सहयोग लिन हिच्किचाउने अवस्था छ। वात्सल्य नेचुरल आई वी एफ सँगको यस सहकार्यले यस्ता केही अवरोधहरू कम गर्न सहयोग पुर्‍याउँदै ग्राहकहरूलाई विशेषज्ञ सेवातर्फ सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मेटलाइफको डिजिटल लाइफ कार्डले ग्राहकहरूलाई सहज र सरल अनुभव सुनिश्चित गर्छ । वान बाई मेटलाइफमा रेजिस्टर गरेपछि डिजिटल कार्डधारकहरूले वात्सल्य नेचुरल आई वी एफ का क्लिनिकहरूमा कार्ड देखाई विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५% छुट, पूर्ण आई वी एफ प्याकेजमा रु २०,००० सम्मको स्थिर छुट, तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवाहरूमा १५% सम्म छुट समावेश छन् । यी सुविधाहरूले फर्टिलिटी स्वास्थ्य सेवा थप किफायती र पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउँछन् ।

everest bank

यो सरल र व्यवहारिक पहलले ग्राहकहरूलाई गोपनीयता, सहजता र आत्मविश्वासका साथ स्वास्थ्य सेवा उपयोग गर्न सशक्त बनाउँछ । यस सहकार्यमार्फत मेटलाइफ नेपाल र वात्सल्य नेचुरल आई वी एफले परिवारहरूको जीवनका महत्वपूर्ण तथा कहिलेकाहीँ चुनौतीपूर्ण क्षणहरूमा साथ दिने साझा प्रतिबद्धता दोहोर्‍याएका छन् । मेटलाइफको ग्राहक–केन्द्रित दृष्टिकोण र वात्सल्यको फर्टिलिटी उपचार सम्बन्धी विशेषज्ञतालाई एकसाथ ल्याउँदै यो सहकार्यले पेरेंतहुडको यात्रा तय गरिरहेका व्यक्तिहरूलाई आशा र भरोसा प्रदान गर्नेछ ।

मेटलाइफको बारेमा MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको www.metlife.com.np, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?